होमपेज > ढुङ्गाले लागेर एक बालकको मृत्यु, आमा घाइते

ढुङ्गाले लागेर एक बालकको मृत्यु, आमा घाइते

बिज्ञापन
बिज्ञापन

मुगुमा सडक खन्ने क्रममा डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । सोरु गाउँपालिका–१० धैन गाउँका १० वर्षीय लोकजङ्ग नेपालीको ढुङ्गाले लागेर मृत्यु भएको हो भने उनकी आमा कल्पना नेपाली घाइते भएकी छन् ।

बिज्ञापन

आइतबार साँझ हुम्लाबाट घर फर्किने क्रममा गाउँ नजिकै सडक निर्माण भइरहेको स्थानमा ढुङ्गा खस्दा बालकको घटनास्थलमै मृत्यु भयो भने आमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि सोमबार बिहान जिल्ला अस्पताल मुगु पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी अच्युतराज आचार्यले जनाएका छन् । घर पुग्ने बेला सडक खनेको ठाउँबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ। आचार्यले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार बाटोमा हिँड्दै गरेका बालकको टाउकोमा ढुङ्गाले लागेको थियो भने महिलाको गर्धन र पाखुरामा चोट लागेको छ ।

बिज्ञापन

कर्णाली प्रदेश सरकारको लगानीमा सोरूदेखि दोमुख सडक निर्माण भइरहेको छ । स्थानीयले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना भएको आरोप लगाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते