होमपेज > नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

बिज्ञापन
बिज्ञापन

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन तथा आवेदनसाथ गोप्य खामवन्दीमा व्यावसायिक कार्ययोजना समेत पेस गर्नु सूचना प्रकाशित गरिएको हो।

बिज्ञापन

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम यस पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्नेछ। यसका साथै कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट  www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ।

बिज्ञापन

यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ। कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते