होमपेज > साताको पहिलो कारोबारको दिन ११.६६ अंकले बढ्यो शेयर बजार

साताको पहिलो कारोबारको दिन ११.६६ अंकले बढ्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ। यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५।४० विन्दुमा बन्द भएको छ।

बिज्ञापन

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आइतबार ११ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२८ वटा धितोपत्रको दुई करोड १२ लाख ६ हजार कित्ता शेयर किनबेच भएको हो। आइतबार ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।

बिज्ञापन

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८० रूपैयाँ २० पैसा कायम भएको छ। यस्तै, कुमारी सबल योजनाको मूल्य ९.९४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसा पुगेको छ। आइतबार रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०७ रूपैयाँ ६० पैसामा झरेको छ। यस्तै, उपकार लघुवित्तको मूल्य ६.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य चार हजार ९८६ रूपैयाँ कायम भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ९८२ रूपैयाँमा ९५ करोड ६४ लाख रूपैयाँको शेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१४ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४२ रूपैयाँ १० पैसामा ६१ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.७८ प्रतिशतले बढेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते