भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा ज्यान गएको छ। भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको ज्यान गएको हो।
बिज्ञापन
ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका कञ्चनरुप–७ का वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो।
बिज्ञापन
यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि ज्यान गएको छ। चारै जनाको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा सात जना घाइते भएका छन्।








