होमपेज > कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो ।

बिज्ञापन

तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, स्तनमा साना–साना पोर्स, स्तनमा कोठी जस्ता देखिने बारेमा जानकारी दिँदै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर सफलतापूर्वक निको हुन सक्ने कुरा स्पष्ट पार्नु्भयो ।

बिज्ञापन

स्तन क्यान्सर केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्ने समेत उल्लेख गर्नुभयो । यदिप्रारम्भिक चरणमै स्तन क्यान्सर पहिचान गरिएर उपचार सुरु गरिने हो भने यो रोग पूर्ण रूपमा निको पार्न सकिने सम्भावना धेरै रहने जानकारी पनि गराउनु भयो । तालिमको क्रममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सबैलाई हरेक ५–६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन समेत प्रेरित गर्नुभयो । उहाँहरुले आफ्नो परिवार र आफन्तजनको माया र उच्च मनोबलले रोगलाई जित्न उत्प्रेरित गरेको पनि बताउनुभयो ।

कामना सेवा विकास बैंकले यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ । यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मात्र होइन, सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन र यसप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

बिज्ञापन

डा. हिराचन एक अनुभवी कन्सल्टेन्ट ब्रेस्ट अंकोसर्जन हुनुहुन्छ । डा.हिराचन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रिमेरा अस्पताल तथा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ । ब्रेस्ट र थाइराइड अंकोसर्जरीमा १४ वर्षभन्दा बढीको विशेषज्ञ अनुभवका साथ ब्रेस्ट क्यान्सर बिरामीको जीवनदर सुधारमा महत्वपूर्ण प्रभाव पारेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते