होमपेज > ८ महिनामा साढे १६ अर्बको ईभी आयात

८ महिनामा साढे १६ अर्बको ईभी आयात

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ६५ करोड रुपैयाँ बढीको विद्युतीय सवारी (कार, जीप र भ्यान) भित्रिएको छ।

बिज्ञापन

चालु आवको फागुन मसान्तसम्म १६ अर्ब ६५ करोड रुपैयाँको ७ हजार ८९ वटा ईभी भित्रिएको भन्सार विभागले जनाएको छ। जसमध्ये फागुन महिनामा मात्रै ८ सय ३३ वटा ईभी भिएको हो। विभागका अनुसार ईभी आयातबाट फागुन मसान्तसम्म १० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

बिज्ञापन

-कति क्षमताका गाडी कति भित्रिए?

५१ किलोवाट देखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै भित्रिएका छन्। यो क्षमता भएका ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको ३ हजार ८७९ वटा ईभी भित्रिएका छन्। जुन कुल आयात भएको ईभीको ५५ प्रतिशत हो।

बिज्ञापन

यसैगरी, ५० किलोवाटसम्म क्षमता भएका २ हजार ५४० वटा सवारी आयात हुँदा १०१ देखि २०० किलोवाटका ६५४ वटा, २०१ देखि ३०० किलोवाटका १४ र ३०० किलोवाट भन्दा माथिका २ वटा सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

-कुन देशबाट कति आयात?

विभागका अनुसार अधिकांश ईभी चाइनाबाट आयात भएको छ। यो अवधिमा कुल आयातको ७४ प्रतिशत ईभी चाइनाबाट आयात भएको हो। चाइनाबाट १३ अर्ब ९ करोड रुपैयाँ बढीको ५ हजार २७८ वटा ईभी आयात भएको छ।

त्यसैगरी, भारतबाट ३ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ बढीको १ हजार ७७५ वटा ईभी आयात हुँदा जर्मनीबाट २६ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरियाबाट ३ वटा र इन्डोनेसियाबाट १ वटा ईभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते