होमपेज > ईसेवाको ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान: ईसेवा वालेटमा रेमिट्यान्स पठाएर ३० हजारसम्म जित्न सकिने

ईसेवाको ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान: ईसेवा वालेटमा रेमिट्यान्स पठाएर ३० हजारसम्म जित्न सकिने

बिज्ञापन
बिज्ञापन

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक, ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक गरेको छ।

बिज्ञापन

यस भ्यालेन्टाइन विकमा विदेशमा रहेका नेपालीहरूले ईसेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। फेब्रुअरी ७ देखि फेब्रुअरी १४, २०२५ सम्म सञ्चालन हुने यो विशेष अभियानमा, भाग्यशाली विजेताहरूले दैनिक पुरस्कार १५,०००, रोज डे (फेब्रुअरी ७) देखि किस डे (फेब्रुअरी १३) सम्म, हरेक दिन एकजना विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे यानिकी प्रणय दिवसको विशेष अवसरमा ३० हजार जित्न सकिने ईसेवाले जनाएको छ।

बिज्ञापन

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन्।’

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरू मार्फत रेमिट्यान्स भुक्तानी प्रणाली सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते