सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बिज्ञापन
बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो। सिफारिस सूची अनुसार पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट सिफारिस भएका छन्।
बिज्ञापन
उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ। त्यसपछि बढुवा स्वीकृत भएर उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिन्छ।








