होमपेज > कैलालीमा दुई जना मृत फेला

कैलालीमा दुई जना मृत फेला

बिज्ञापन
बिज्ञापन

कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत भेटिएको जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार कामीको शव दिउँसो ४ बजेतिर घाँटीमा पासो लागेकै अवस्थामा भुँइमा भेटिएको हो । प्रहरीले कामीको पासो चुडिएर भुँइमा शव खसेको हुनसक्ने आशंका गरेको छ । उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ । यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए ।

उनी आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते