संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
बिज्ञापन
दिउँसो १ बजे बस्ने बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ। यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकबारे छलफल गर्ने र पारित गर्ने कार्यसूची छ। संघीय संसदको सचिवालयले आजको सम्भावित कार्यसूचीमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुनेछ।
बिज्ञापन
भ्रष्टाचारसम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी सम्बन्धी विधेयक गृहमन्त्रीले पेश गर्नु हुने सम्भावित कार्यसूची सचिवालयले जनाएको छ।









