होमपेज > अमेरिकाको अलास्का राज्यमा १० जना बोकेको विमान बेपत्ता

अमेरिकाको अलास्का राज्यमा १० जना बोकेको विमान बेपत्ता

बिज्ञापन
बिज्ञापन

अमेरिकाको अलास्का राज्यमा १० जना बोकेको सानो विमान बेपत्ता भएको छ। बेरिङ एयरको सो विमान उनालाक्लिटबाट नोमतर्फ गइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

बिज्ञापन

स्थानीय समय अनुसार बिहीबार साँझ ४ बजे नौ यात्रु र एक पाइलटसहित उडेको उक्त जहाज बेपत्ता भएको स्टेट प्रहरी एजेन्सीले अत्यावश्यक सूचनाबाट जनाएको छ। अहिले विमानस्थल खोजीको काम चलिरहेको बताइएको छ। जसका लागि अमेरिका समुद्रतट रक्षक र वायु सेना परिचालन भएको छ।

बिज्ञापन

बिहीबार साँझसम्म नोम विमानस्थल वरिपरि हल्का हिउँ र चिसो वर्षा भइरहेको जनाइएको छ। यस्तै रातभरि ३५ माइल प्रति घण्टासम्म हावा चल्ने पूर्वानुमान गरिएको थियो। यस कारण विमान दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। अलास्का अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने राज्य हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते