कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन्।
बिज्ञापन
कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कवीन्द्र बोहराका अनुसार सो अस्पतालमा आफ्ना १७ महिनाका भतिजा दिभान रानाको कुरुवा बसेका उनी शौचालयमा लडेको अवस्थामा मृत फेला परेको हुन्।
बिज्ञापन
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहराको भनाइ छ।








