होमपेज > ३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप

३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप

बिज्ञापन
बिज्ञापन

देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन्। सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ।

बिज्ञापन

यो अभियान मार्फत ३ लाख ५५ हजार किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। अभियान फागुन ६ गतेसम्म जारी रहनेछ। देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ।

बिज्ञापन

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो। यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ। सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो।

औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ। यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ। यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेकाले सरकारले एचपीभी खोप अभियान अघि सारेका हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते