होमपेज > आजबाट रौतहटमा एचपीभी खोप अभियान सुरु

आजबाट रौतहटमा एचपीभी खोप अभियान सुरु

बिज्ञापन
बिज्ञापन

रौतहटका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु भएको छ ।

बिज्ञापन

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुई चरणमा लगाइने यो खोपको पहिलो चरणमा नौ वटा पालिकामा किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाईने छ ।

बिज्ञापन

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा माघ २९ गते सम्म किसोरी लाई खोप कार्यक्रम शुभारम्भ गरिएको छ भने माघ ३० गते देखि फागुन ६ सम्म चल्ने दोस्रो चरणमा गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा एचपीभी खोप किशोरीलाई लगाइने जनाइएको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन एचपीभी खोप निःशुल्क लगाउँदैछ । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले अभियानमा साथ दिन सबै लाई आग्रह गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते