पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ। मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन्।
बिज्ञापन
‘कोटिहोम पोखरामा हुँदैन। त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो। हामीले अनुमति पनि दिएको छैन।’
बिज्ञापन
४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ। ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले अघि भने।
पोखरा फागुनमै २ वटा महायज्ञ भने हुँदै छ। पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म महायज्ञ हुँदै छ भने सराङकोटमा १४ देखि २१ गतेसम्म महायज्ञ हुँदै छ। ‘कोटिहोम चाहिँ पोखरामा हुँदैन,’ ठोकुवाका साथ मेयर आचार्यले घोषणा गरे।
बिज्ञापन








