होमपेज > वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ: शेरबहादुर देउवा

वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ: शेरबहादुर देउवा

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

बिज्ञापन

पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे। ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ। तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन।’

बिज्ञापन

पहिलेदेखि नै दुई वटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको हुनाले विश्वासका साथ चल्नुपर्ने उनले सुनाए । सरकारमा कांग्रेस एमालेको गठबन्धन स्थायित्वका लागि भएको देउवाको दाबी छ।

‘दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबिच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उनले भने, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’

बिज्ञापन

उनले नेपाली कांग्रेस बिच एकता हुन सके आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने बताएका छन्। ‘हामीबिच एकता हुन सक्यो भने बहुमत कांग्रेसले ल्याउन सक्छ,’ उनी भन्छन्, ‘यो प्रशिक्षणबाट पार्टीलाई एकताबद्ध बनाउन सकोस्।’

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते