बलात्कार मुद्दामा सिराहा जिल्ला अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ परेका छन्।
बिज्ञापन
पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
बिज्ञापन
उनका अनुसार बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो। उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको डीएसपी पासवानले जानकारी दिए।
उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।
बिज्ञापन








