रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डीको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए।
बिज्ञापन
भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन्।
बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
बिज्ञापन








