होमपेज > काठमाडौंको तापक्रम बढ्दै

काठमाडौंको तापक्रम बढ्दै

बिज्ञापन
बिज्ञापन

देशका केही भूभागमा आज बदली र हिमपात हुने सम्भावना छ। देशभर मौसम मुख्यतया सफा रहँदा केही स्थानमा बदली हुने भएको छ।

बिज्ञापन

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा आज दिउँसो र राति हल्का हिमपातको सम्भावना छ।

बिज्ञापन

काठमाडौंमा आज मौसम सफा रहनेछ। बिहान पौने ६ बजेको तापक्रम ६.६ डिग्री सेल्सियस छ। दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् गोविन्द झाले जानकारी दिए। मंगलबार बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थिय ।

काठमाडौंमा अब तापक्रम करिब यही अनुपातमा रहने मौसमविद् झाले बताए । “अब काठमाडौंको तापक्रम धेरै तलमाथि हुँदैन। करिब यही रेन्जमा रहनेछ,” उनले भने, “नयाँ प्रणाली काठमाडौंमा देखिने सम्भावना नरहेकाले तापक्रम अब यही रेन्जमा रहनेछ।”

बिज्ञापन

पश्चिम नेपालमा भने तापक्रम घटबढको सम्भावना रहेको छ। नयाँ प्रणालीको असर पश्चिममा पर्ने भएकाले न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेको मौसमविद् झाको भनाइ छ। तर, पश्चिममा पनि तापक्रम धेरै घट्ने छैन। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते