होमपेज > कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकले दियो स्वीकृति

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न राष्ट्र बैंकले दियो स्वीकृति

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।

बिज्ञापन

कामना सेवाले आफ्नो १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो । राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

बिज्ञापन

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रूपमा गत १२ असरमा सर्कुलर जारी गर्दै अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत १७ असारमै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।

उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पूँजीकोष बढ्न गई व्यवसाय विस्तारमा सहजीकरण हुनेछ ।हाल बजारको तरलता अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम समेत हुने बैंकले जनाएको छ । अब, नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात उक्त अबिमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृति पश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने थकालीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते