साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा वृद्धि भएको छ। आज नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढेर २६०७ दशमलव ९९ को विन्दुमा पुगेको छ।
बिज्ञापन
सोमबार ३११ कम्पनीका ७४ हजार ४०३ पटकको कारोबारमा १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ रहेको छ।
बिज्ञापन
११८ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। आज रिभर फल्समा लगानीकर्ताहरू झुम्मिएका छन्।








