जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ ।
बिज्ञापन
साथै, १० लाख रुपैयाँ जरिवाना तोकेको बीबीसीले जनाएको छ । सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ ।
बिज्ञापन
अदालतले यो सजाय सुनाउँदा इमरान, उनकी श्रीमती र अन्य पीटीआई नेताहरू अदालतमा उपस्थित थिए । इमरान र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड तथा अल(कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनद्वारा अल-कादिर विश्वविद्यालयलाई ४५० कनल (५६ एकड)भन्दा बढी जग्गा दानसँग सम्बन्धित छ । पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी अल-कादिर विश्वविद्यालयका ट्रस्टी हुन् ।








