होमपेज > अबैध लागू औषधसहित पोखराबाट एक डिलर पक्राउ

अबैध लागू औषधसहित पोखराबाट एक डिलर पक्राउ

बिज्ञापन
बिज्ञापन

पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो।

बिज्ञापन

आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

आलुमाइलाचोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेको Tapentadol Tablets 100mg नामको अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घरकोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol–100mg लेखिएको लागू औषध १७ हजार सातसय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागू औषध दुई सय चक्की र Tramol–50mg लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ।

बिज्ञापन

अभियुक्त सुबेदीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको। प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते