नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा.जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन्।
बिज्ञापन
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका पूर्णबहादुर खड्काले आज डा. पोखरेललाई प्रतिष्ठानको निर्देशक नियुक्त गरेका हुन्।
बिज्ञापन
उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।








