होमपेज > कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा: मुख्यमन्त्री यामलाल

कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा: मुख्यमन्त्री यामलाल

बिज्ञापन
बिज्ञापन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् ।

बिज्ञापन

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले बुधबार वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याकंले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताएका हुन् ।

बिज्ञापन

“विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उनले भने, “यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।” जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए । सो कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैं सतर्क रहनुपर्ने बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते