होमपेज > महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा मिति २०८१ साल पौष २९ गते, सोमबार (१३ जनवरी, २०२५) काठमाडौंको एलिस रिसेप्सन्स, गैह्रीधारामा सम्पन्न भयो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए।

बिज्ञापन

सभामा २०८१ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, र ईक्विटीमा भएको परिवर्तन सम्बन्धी आर्थिक विवरण छलफल गरी स्वीकृत गरिएको छ। साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ। यसमा ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) र ३ प्रतिशत बोनस शेयर वितरण गरिनेछ।

बिज्ञापन

आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रहेको खुद मुनाफा, आर्थिक वर्ष २०८०/८१ मा ३३ प्रतिशतले वृद्धि भई ५०.०३ करोड पुगेको छ। सोही अवधिमा प्रति शेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत, र लाभांश दर ७ प्रतिशत कायम भएको छ। सभामा अध्यक्ष उपाध्यायले शेयरधनीको सुझावलाई आत्मसात गर्दै बैंकका सेवा सुधारमा थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ग्राहक सन्तुष्टि र लगानीको प्रतिफल वृद्धि गर्दै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न बैंक सधैं अग्रसर रहने बताए।

शेयरधनी र बैंकसँग सम्बन्धित सबै सरोकारवालालाई प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै, बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा र दिगो वित्तीय विकास गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते