कपिलवस्तु आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं २ गोरूसिंगेका २० वर्षीय अर्जुन थारू छन्।
बिज्ञापन
बुद्धभूमि नगरपालिका वडा नं २ बड्हरा पुल नजिक सडकमा बाप्र ०३-००१ ख २२२० नम्बरको ट्रकले लु९१प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा थारुको मृत्यु भएको हो। थारु मोटरसाइकल चालक हुन्।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








