नेपाली बजारमा आज सोमबार सुनको स्थिर रहेको छ। आइतबार प्रतितोला १५०० सय रूपैयाँ घटेको सुनको भाउ सोमबार सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भैरहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोलाएक लाख ५२ हजार रूपैयाँमै कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, सोमबार चाँदी मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।








