होमपेज > तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिज्ञापन
बिज्ञापन

यो साता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो। यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ।

बिज्ञापन

महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो। यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बिज्ञापन

यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि घटबढ हुँदै शुक्रबारसम्म आइपुग्दा १ हजार ८१० रुपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार भने चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो। त्यसपछि आइतबार १ हजार ७९०, सोमबार १ हजार ७९५, मंगलबार र बुधबार १ हजार ७६५, बिहीबार १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते