होमपेज > ३ प्रतिशत बोनस शेयर दिदै शाइन रेसुंगा बैंक

३ प्रतिशत बोनस शेयर दिदै शाइन रेसुंगा बैंक

बिज्ञापन
बिज्ञापन

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

बिज्ञापन

८ अर्ब अधिकृत पुँजी तथा जारी र चक्ता पुंजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ४ अर्ब ८७ करोड पुग्ने छ। साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट,नम्रता भण्डारी र डा। हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो। स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए।

बिज्ञापन

सभापश्चात बसेको सञ्चालक समितिको वैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए। सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयाँ हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन्।

नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुंच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो।

बिज्ञापन

बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन्। ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ। बैंकमा ७३८ जना कर्मचारी कार्यररत छन्। बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ। बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ।

बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते