होमपेज > ‘क्या दामी छ!’ नारासहित नेपाली बजारमा आइटेल ए ८० सार्वजनिक

‘क्या दामी छ!’ नारासहित नेपाली बजारमा आइटेल ए ८० सार्वजनिक

बिज्ञापन
बिज्ञापन

आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।

बिज्ञापन

आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ।

बिज्ञापन

फोनमा ६.७ इन्चको एचडीं+ डट-इन डिस्प्ले छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टा-कोर प्रोसेसर सहित ८ जीबी र्याम (४ जीबी + ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ। फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्। साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन्।

यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम र टाइप-सी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ। आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ। कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ। नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैँया तोकिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते