होमपेज > अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगीका घटना अत्यधिक बढेपछि साइबर ब्युरोले गरायो सचेत

अनलाइन जागिरको नाममा लिंकहरु पठाएर ठगीका घटना अत्यधिक बढेपछि साइबर ब्युरोले गरायो सचेत

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइन जागिरका साथै विभिन्न प्रलोभन देखाएर लिंकहरु पठाएर ठगीका घटनाहरू अत्यधिक बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्टर, भाइबरलगायतका सामाजिक सञ्जाल प्लेटफममा अनलाइन जागिरको नाममा विज्ञापन गरिएका लिंकहरु पठाउने र धोकापूर्ण तरिकाले प्रलोभनमा पारेर ठगी गर्ने घटना अत्यधिक बढेको पाइएकाले सचेत रहन आम सर्वसाधारणलाई अनुरोध गरेको हो।

बिज्ञापन

यसका साथै खल्ती, इसेवा जस्ता विभिन्न वालेट तथा बैंकरवित्तीय संस्थाहरूबाट बोलेको भनेर ओपीटी मागी पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अनलाइन सपिङलगायतका बहानामा पनि ठगी गर्ने कार्य भइरहेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ।

ब्युरोले यस्तो अवस्थामा आम जनमानसमा गलत विज्ञापनहरूमा विश्वास नगर्न, आआफ्नो व्यक्तिगत बैंकिङ खाताको सही सदुपयोग गर्नका साथै प्रविधिको सुरक्षित तबरले प्रयोग गर्न सचेत गराएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते