बुधबार शेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ। बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ।
बिज्ञापन
परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ। बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो।
बिज्ञापन
बुधबार १५० कम्पनीको मूल्य बढेको छ। त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो।
बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए। जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो। विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ।








