होमपेज > माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिदै

माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिदै

बिज्ञापन
बिज्ञापन

नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ।

बिज्ञापन

टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले पाठेघरको मुखको क्यान्सर तथा एचपीभी खोप सम्बन्धी संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य,शिक्षा ,सुचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजना उक्त कार्यक्रम भएको हो।

बिज्ञापन

सरकारले आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेकोसमेत उनले दिएका थिए। करिब १६ लाख किशोरीहरुलाई खोप दिने सरकारको लक्ष्य रहेको छ। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए। सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको ‘सिकोलिन’ नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्ने डा गौतमले बताए।

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ। सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो।

बिज्ञापन

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले खोप ल्याउनमा सरकारले पैसा तथा गुणस्तर दुवैमा सम्झौता नगरेको जानकारी दिए। अनुसन्धान अनुसार एक डोज एचपीभी खोप पर्याप्त भएको पुष्टि भएसँगै नेपालमा पनि एक डोज मात्रै दिन लागिएको उनले बताए। हाल एचपीभी खोप संसारका १४४ वटा मुलुकमा नियमित खोप कार्यक्रममा नै समावेश भइसकेको जानकारी दिदैं उनले नेपाल सरकारले पनि आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा नै समावेश गर्ने विश्वास समेत व्यक्त गरे।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते