शेयर बजार परिसूचक नेप्से आज ३६ अंकले घटेको छ। खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३६.३२ ले घटेर बन्द भएको हो।
बिज्ञापन
बजार घटेसँगै समग्र बजार मापक २,५७३.२६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। बजार घट्दा १८ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ। २२३ कम्पनीको शेयर मूल्य घटेको छ। नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे।
बिज्ञापन
पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता शेयर खरिद-बिक्री भएको छ। समूहगत उपसूचकतर्फ अन्य समूहको शेयर ०.०६ प्रतिशतले बढेको छ। घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ।








