होमपेज > भोलि बुधवार सार्वजनिक बिदा

भोलि बुधवार सार्वजनिक बिदा

बिज्ञापन
बिज्ञापन

तनहुँको बन्दीपुर गाउँपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ । बुधवार बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भ भएकोले यसको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

बिज्ञापन

पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबाहादुर थापाले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने अध्यक्ष थापाले बताउनुभयो । पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रित भएकोले त्यसको लाभ गाउँ सम्म पुर्याउने प्रमुख उद्देश्यले अङ्ग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो । समग्र बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षण, उद्योग तथा व्यापार, भौतिक पूर्वाधार, मानव शक्तिका साथै प्रवर्द्धनात्मक गतिविधीमा गुणात्मक सुधार ल्याउनका बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

बिज्ञापन

बन्दीपुर आसपासमा थुप्रै पर्यटकीय स्थल भए पनि पर्यटक पुर्याउन नसकिएकाले स्थानीयले लाभ लिन नसकेकोले भ्रमण वर्षको आयोजना गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक बैस गुरुङले बताउनुभयो । हातैले छोएजस्तो लाग्ने हिमशृङ्खलाहरू, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, रक क्लाइम्विले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।

२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको माध्यमबाट चहलपहल बढेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराज मार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते