नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १ हजार रूपैयाँ घटेको हो।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी,मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।








