होमपेज > अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

बिज्ञापन
बिज्ञापन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो।

बिज्ञापन

अमेरिकी समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याहरूसँग पनि लडिरहेका थिए। उनी अमेरिकाका ३९ औं राष्ट्रपति हुन्। उनले सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

बिज्ञापन

इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौता गर्न मध्यस्तता गरी मध्यपूर्वमा शान्ति स्थापनाका लागि भूमिका खेलेकोमा उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि पनि उनले कार्टर सेन्टरको नामबाट नेपालसहित विभिन्न देशहरूमा सामाजिक कामहरू गर्दै आएका थिए।

गत वर्षको नोभेम्बर १९ मा उनकी श्रीमती रोजालिना कार्टरको निधन भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते