होमपेज > लागु औषधसहित एक जना पक्राउ

लागु औषधसहित एक जना पक्राउ

बिज्ञापन
बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो पोखराले एक जनालाई लागु औषधसहित पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१ कस्केरीका ४१ वर्षीय आनन्द साइलाई प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

लागु औषध कारोवार तथा विक्री गर्ने गरेको सूचनाको आधारमा छापा हान्दा प्रहरीले फेला पारेको छ। उनको कोठाबाट लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम ४८ एम्पुल, फेनरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल र ब्रुर्फिन २१ एम्पुल बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। यस्तै, ३०० ग्राम गाँजासमेत बरामद गरिएको छ। जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

उता तनहुँ प्रहरीले भने लागुऔषध मुद्वामा फरार एक जनालाई पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भएर फरार रहेका बन्दीपुर गाउँपालिका–२ मोहोरियाका ४४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत तनहुँको कात्तिक २३ गते भएको फैसलाले राजनलाई दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते