होमपेज > ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ दुई दिने सम्मेलन भोलि हुने

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ दुई दिने सम्मेलन भोलि हुने

बिज्ञापन
बिज्ञापन

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ दुई दिने सम्मेलन बिहीबारदेखि हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी हुनेछ।

बिज्ञापन

स्वास्थ्य क्षेत्रका नीति निर्माता प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासले नेपालको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने मन्त्रालयले विश्वास लिएको छ। ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको मन्त्रालयले जनाएको छ। सम्मेलनका लागि ९० भन्दा बढी देशबाट दर्ता नै भएका कुल १ हजारभन्दा बढी मध्ये ३०० जनाको भौतिक उपस्थिति र ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ।

बिज्ञापन

प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीको ज्ञान, सीप र श्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने, प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबिच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने र दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने यस सम्मेलनको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

सम्मेलनका प्रमुख विषयवस्तुहरूमा प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, इ–हेल्थ र उन्नत स्वास्थ्य समाधान नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनता आदिमा प्रस्तुति छलफल, अनुभव आदानप्रदान र प्यानल छलफल हुनेछन् । यस सम्मेलनबाट मन्त्रालयले आसा गरेका अपेक्षित परिणामहरूमा नेपाल मेडिकल प्रवासी संलग्नता रूपरेखा तयार गर्नु स्वास्थ्य प्रणाली सुदृढ गर्न नीतिगत सिफारिसहरू प्रस्तुत गर्नु, प्राथमिक परियोजनाहरूको पहिचान र कार्यान्वयन गर्नु र स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूबिच दीर्घकालीन सहकार्यका लागि रणनीतिहरू तयार गर्नु रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते