उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल बैंककबाट फर्किएका छन्।
बिज्ञापन
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल शुक्रबार स्वदेश फर्किएका हुन्। सम्मेलनमा दिगो विकास लक्ष्य, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायत विषयमा छलफल भएको थियो।
बिज्ञापन
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो। परामर्श बैठकबाट आएका सुझाव समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा पेस गरिने दस्ताबेज तयार पारिने जनाइएको छ।








