होमपेज > अफ्रिकामा देखियो डिंगा डिंगा, सातामै लियो ३०० बढीको ज्यान

अफ्रिकामा देखियो डिंगा डिंगा, सातामै लियो ३०० बढीको ज्यान

बिज्ञापन
बिज्ञापन

कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ। यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको छ। यो रहस्यमयी रोगको नाम डिंगा डिंगा राखिएको छ।

बिज्ञापन

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने युगान्डामा ३०० भन्दा  मानिसहरू यो रोगको सिकार भएका छन्। यो रोगको औषधि पत्ता लगाउन चिकित्सकहरु पनि व्यस्त छन्। अचम्मको कुरा के छ भने युगान्डाका अधिकांश महिला र केटीहरू यो रोगको शिकार भएका छन्। युगान्डाको बुन्डिबाग्यो क्षेत्रमा डिंगा डिंगा रोग तीव्र गतिमा फैलिरहेको छ। डिङ्गा डिङ्गाको प्रारम्भिक लक्षणको बारेमा कुरा गर्दा बिरामीलाई ज्वरो आउँन थाल्छ र काँप्न थाल्छ। बिरामीको शरीर हिंस्रक रूपमा काँप्छ, जसका कारण उसलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ।

बिज्ञापन

डिङ्गा डिंगाबाट छुटकारा पाउन डाक्टरहरुले एन्टिबायोटिकको सहारा लिइरहेका छन्। डिंगा डिंगा रोग युगान्डाको बुन्डिबाग्योमा मात्र फैलिएको छ। वरपरका क्षेत्रमा यो रोगको कुनै प्रमाण फेला परेको छैन। डिंगा डिंगाबाट प्रभावित बिरामी एक साताभित्र निको हुन्छन्। तर, यो रोगले मानिसमा त्रास फैलाउन थालेको छ। उता, युगान्डासँग जोडिएको कंगो देशमा पनि यस्तै अनौठो रोग फैलिरहेको छ। जसका कारण मानिसमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, नाक बग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिन थालेका छन्। कंगोमा ४०० भन्दा बढी मानिस यस रोगको सिकार भएका छन्। यो रहस्यमय रोगले ३० जनाको ज्यान लिइसकेको छ।

यही कारण हो कि युगान्डाका मानिसहरू पनि डिंगा डिंगासँग धेरै डराउँछन्। अफ्रिकन टाइम्सका अनुसार डिंगा डिंगा रोगबाट पीडित एक बिरामीले आफू निकै कमजोर महसुस गरिरहेको बताएका छन्। ‘जब म हिड्न खोज्छु, मेरो शरीर हिंस्रक रूपमा हल्लिन थाल्छ।’ स्थानिय डाक्टरका अनुसार डिंगा डिंगाका बिरामीको स्वास्थ्य नमूना युगान्डाको स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। चिकित्सकलाई पनि यो रोगबारे धेरै जानकारी नभएकाले अहिले बिरामीलाई जडिबुटीको औषधि दिइँदै आएको छ।

बिज्ञापन

डिंगा डिंगा रोग कहाँ र किन सुरु भयो? यो कुरा अहिलेसम्म खुल्न सकेको छैन। तर प्रशासनले बुन्डिबुग्यो क्षेत्रबाट टाढा रहन मानिसहरूलाई सल्लाह दिएको छ। यो रोगलाई जरैबाट उन्मूलन गर्नका लागि यस क्षेत्रमा धेरै स्वास्थ्य अभियानहरू सञ्चालन भइरहेका छन्। विश्व स्वास्थ्य संगठनले पनि यसबारेमा अनुसन्धान सुरू गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते