कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
बिज्ञापन
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ८५ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ६०, आलु सेतोको ५४, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
बिज्ञापन
यसैगरी घिरौला ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ कायम भएको छ। भिण्डी १२० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ९० रुपैयाँ, पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ।
रायो सागको मूल्य २५ रुपैयाँ छ। तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ। कन्य च्याउ १५०, डल्ले च्याउ २५०, कुरीलो १ हजार रुपैयाँ रहेको
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।








