सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।
बिज्ञापन
बैंक र क्लियरिङ हाउसबीच अलि पे नेटवर्क प्रयोगकर्तालाई सहजै अन्तरदेशीय भुक्तानी गर्न उक्त सम्झौता भएको जनाइएको छ। यस सम्झौताअन्तर्गत अलि पेका प्रयोगकर्ताले नेपालमा डोमेस्टिक वालेटमार्फत भुक्तानी गर्न सक्नेछन्।
बिज्ञापन
साथै चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन, इटालीलगायतका देशबाट नेपालमा आएका पर्यटकले पनि सोही वालेटमार्फत भुक्तानीको सेवा प्रयोग गर्न सक्नेछन्।
पर्यटक र अलि पे प्रयोगकर्ताले नेपालमा रहेका नेपाल पे क्यूआर र यसका इन्टेरोपेरेबल क्यूआरमा भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ।
बिज्ञापन








