कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ।
बिज्ञापन
समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ।
बिज्ञापन
यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ। यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ।
साथै घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला १००, लौका ७०, परवर(तराईको) ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।








