होमपेज > अटो रिक्सा दुर्घटना,एक जनाको मृत्यु ४ घाइते

अटो रिक्सा दुर्घटना,एक जनाको मृत्यु ४ घाइते

बिज्ञापन
बिज्ञापन

रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, खोपिचारमा गए राति अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइते समेत भएका छन् ।

बिज्ञापन

लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीको अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन् ।

बिज्ञापन

घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते भएको बताएको छ । घाइते सबैलाई राति नै उद्धार गरेर एक जनाको अवस्था गम्भीर रहेकोले कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत रहेका छन् । प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते