सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ।
बिज्ञापन
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए।
बिज्ञापन
योसँगै बैंकले करसहित ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
बैंकले अघिल्लो वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो।
बिज्ञापन








