आज अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस। डिसेम्बर ८ मा हरेक वर्ष अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ।
बिज्ञापन
हरेक वर्ष झै यस वर्ष पनि ‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि मौलिक मासिक धर्मको पालना’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ। मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आह्वान गर्दछ।
बिज्ञापन
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भए तापनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नुपर्दैन भन्ने सन्देशका साथ यो दिवस मनाइन थालिएको हो।
-यो पनि पढ्नुहोस्:
बिज्ञापन
महिनावारी हुँदा पेट किन दुख्छ? दुखाइबाट बच्न अपनाउनुहोस् यी ६ घरेलु उपाय








