होमपेज > मगर साहित्य महोत्सव सुरु

मगर साहित्य महोत्सव सुरु

बिज्ञापन
बिज्ञापन

बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ। नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो।

बिज्ञापन

महोत्सवको एक समारोहकाबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्दै मगरहरूले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्त्वपूर्ण योगदान दिएको बताइन्। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रूपमा व्यवहार गर्ने गरेको बताए। उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक बडापत्र ल्याएको बताए।

बिज्ञापन

शनिवारसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता वाचन प्रतियोगिता तथा स्रष्टाहरूलाई सम्मान लगायतका कार्यक्रम हुने छन्।  मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीहरूको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ।

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने संयोजक रानाले बताए। देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरूको सहभागिता रहनेलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको थियो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते