बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।








